दैलेखमा गाडी दुर्घटना हुँदा सात घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

दैलेखमा गाडी दुर्घटना हुँदा सात घाइते


२१ श्रावण २०७८, बिहिबार


दैलेख । दैलेख चामुण्डा बिन्द्रासैनिमा दुई वटा गाडी ठोकिदा सात जना घाइते भएका छन् ।

चामुण्डा बिन्द्रासैनि ७ रामघाट स्थित ठाटिकाँध बाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० १च ०२०४ नम्बरको जिपलाई नेपालगन्जबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१९ नम्बरको बसले ठक्कर दिँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेमध्ये दैलेख ठाटिकाँध–३ बस्ने वर्ष २१ की मनीषा सारू मगर, वर्ष २१ की कल्पना तारामी मगर, वर्ष २८ का हिमाल बोगटी , वर्ष ९ को जीवन बोगटी, वर्ष १ को लिजा आले मगर र वर्ष ७ की कमला लामिछाने र कैलाली घोडाघोडी नगरपालिका– २ बस्ने वर्ष २४ को खगेन्द्र अधिकारी सहित सात जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेख प्रमुख एवं डिएसपी अनुपम श्रेष्ठले बताएका छन् ।

जिप र बसका चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकी पाल्तडा बाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बहादुर क्षेत्रीको कमान्डमा ३ जनाको टोली खटी गएको र थप अनुसन्धान कार्य भइरहेको प्रमुख श्रेष्ठले बताए

Tags :
प्रतिक्रिया दिनुहोस