विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जना पक्राउ


२१ श्रावण २०७८, बिहिबार


पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

सिरहा धनगढीमाई नगरपालिका वडा ८ का २४ वर्षीय रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ का ४१ वर्षीय अम्बर चाम्लिङलाई प्रहरीले पक्राउ गरेको हो।

बिहान करिब सवा ८ बजे रिसब विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा बसिरहेका थिए। उनलाई शंकास्पद रूपमा देखेपछि प्रहरीले निगरानी गरेको थियो।

प्रहरीले महतोको साथबाट ८ थान बाला र २ थान सुनको औँठी बरामद गरेको छ । विदेशबाट आउने नागरिकलाई भरिया बनाएर भन्सार छली गरी सुन ल्याएको भन्दै कुल ४७४ ग्राम सुनसहित महतो पक्राउ परेपछि महतोको बयानका आधारमा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

विमानस्थल प्रहरीका अनुसार महतोको बयानका आधारमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ घर भई तिलगंगामा खोटाङ हलेसी गेष्ट हाउस सञ्चालन गरिरहेका ४१ वर्षीय अम्बर चाम्लिङलाई समेत पक्राउ गरिएको छ । भन्सार छली गरी भरियामार्फत सुनको अवैध आयातमा चाम्लिङको मुख्य भूमिका देखिएको भन्दै उनीहरुलाई बरामद गरिएको सामानसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस