नेपाल–खनाल पक्षको केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल–खनाल पक्षको केन्द्रीय समिति बैठक स्थगित


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बुधबार (आज) बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार (भोली) बस्ने गरी स्थगित गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला नेपाल–खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने बताइएको छ । दुवै पक्षलाई सहमतिमा ल्याउन प्रयासरत नेताहरुले भने नेपाललाई बैठक रोक्न आग्रह गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस