सानिमा लाइफको आइपिओ बिक्री खुला « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

सानिमा लाइफको आइपिओ बिक्री खुला


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुला भएको छ। इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले हाल कायम जारी पुँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात् रु. ६० करोड रकम बराबर प्रतिसेयर रु. १०० अङ्कित दरका ६० लाख कित्ता सेयरमध्ये पाँच प्रतिशत सेयर बराबर तीन लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा थप पाँच प्रतिशत सेयर बराबर तीन लाख कित्ता कर्मचारीहरूका लागि छुट्याई बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो। कम्पनीको प्राथमिक निष्कासन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ।

कम्पनी ऐन, २०६३ तथा बिमा ऐन, २०४९ बमोजिम दर्ता भई बिमा समितिबाट जीवन बिमा व्यवसाय गर्ने बिमकको इजाजत मिति २०७४ कात्तिक ५ मा प्राप्त गरी कम्पनीले ०७४ मङ्सिर २२ गतेबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ। आइपिओ निष्कासनका लागि इक्रा रेटिङबाट रेटिङ गराएको यस कम्पनीले बिबिबी रेटिङ पाएको छ। जसले वित्तीय दायित्व वहन गर्ने कम्पनीको क्षमता औसत रहेको भन्ने जनाउँछ।

कम्पनीको आइपिओमा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज बिहान १० बजेबाट छिटोमा आगामी साउन २४ गते आइतबार अपराह्न ५ बजेभित्र आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा ०७८ भदौ ०२ गतेसम्म सेयर बिक्री खुला रहनेछ। यस्तै गरी आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैङ्क तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस