माधव नेपालले बोलाए केन्द्रीय समिति बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माधव नेपालले बोलाए केन्द्रीय समिति बैठक


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

बैठक भोली (बुधबार) ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने गरी बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए । त्यसक्रममा नेता नेपालले आफु पार्टी एकताको विपक्षमा नरहेको भन्दै सम्मानजनक एकता नै अहिलेको आवश्यक्ता रहेको बताएका थिए ।

स्थायी समिति बैठकले पार्टी एकता विरोधी गतिविधि र अभिव्यक्ति समेत नदिने निर्णय गरेको थियो । साथै बैठकले अध्यक्ष ओलीले केही दिन अघि दिएको अभिव्यक्तिले पार्टी एकता बिथोलिन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस