२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा एक अर्ब ६९ करोड ८१ लाख बजेट फ्रिज

अ+ अ-

डोटी । डोटीमा आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६ सय ३९ रुपैयाँ फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा सङ्घीय सरकारको बजेटबाट ५४ करोड एक लाख २२ हजार ४३ रुपैयाँ र प्रदेश सरकारको बजेटबाट एक अर्ब १५ करोड ७९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ फ्रिज भएको हो ।

आर्थिक वर्ष ०७७/०७८ मा सङ्घीय कार्यालयहरूमार्फत डोटी जिल्लामा चालुतर्फ ६ अर्ब आठ करोड ४२ लाख ५४ हजार आठ सय ६९ र पुँजीगततर्फ एक अर्ब १९ करोड ३८ लाख ५७ हजार बजेट विनियोजन भएको थियो । सो मध्ये चालुतर्फ पाँच अर्ब ७७ करोड ४३ लाख २६ हजार तीन सय २४ र पूँर्जीगततर्फ ९६ करोड ३६ लाख ६३ हजार पाँच सय रुपैयाँ खर्च भएको छ । सङ्घीय बजेटको ९२.५७ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सङ्घीय कार्यालयको चालुतर्फ झण्डै ९५ प्रतिशत र पुँजीगततर्फ ८०.७१ प्रतिशत रकम खर्च भएको देखिएको छ ।

प्रदेश सरकारको बजेट भने झण्डै २७ प्रतिशत फ्रिज भएको छ । चालुतर्फ दुई अर्ब १३ करोड ७१ लाख ३१ हजार पाँच सय विनियोजन भएकोमा एक अर्ब ४९ करोड एक लाख ३० हजार एक सय ३७ रुपैयाँ खर्च भएको छ । यो रकम चालुतर्फ विनियोजित कुल रकमको ६९.७३ प्रतिशत हो । यस्तै पुँजीगततर्फ दुई अर्ब १७ करोड ९५ लाख ८२ हजार विनियोजन गरिएकोमा एक अर्ब ६६ करोड ८५ लाख ९१ हजार सात सय ६७ रुपैयाँ मात्र खर्च भएको छ । कुल पुँजीगत अनुदानको ७६.५५ प्रतिशत मात्रै खर्च भएको देखिन्छ ।

आर्थिक वर्ष ०७७/०७८ मा जिल्लामा जम्मा ४५ करोड सात लाख २१ हजार एक सय ७२ रुपैयाँ राजश्व सङ्कलन भएको छ । कोष तथा लेख नियन्त्रण कार्यालय (कोलेनिका)को तथ्याङ्कअनुसार सङ्घीय कार्यालयहरूमार्फत ४१ करोड १५ लाख ३६ हजार नौ सय १८ र प्रदेश कार्यालय अन्तरगत तीन करोड ९१ लाख ८४ हजार दुई सय ५४ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस