एमाले स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमाले स्थायी कमिटी बैठक स्थगित


१६ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए । उनले अध्यक्ष ओलीले विघटित कार्यदलको प्रगति विवरण सुनेर आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस