माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली


१६ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् ।

आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टी भित्र ठाउँ नभएको ओलीले बताएका हुन् ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए ।

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस