मध्यरात महाराजगन्जमा ट्राफिक प्रहरी र पारस शाहबिच भनाभन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मध्यरात महाराजगन्जमा ट्राफिक प्रहरी र पारस शाहबिच भनाभन


१६ श्रावण २०७८, शनिबार


काठमाडौँ । हेलमेट नलगाई मोटरसाइकल कुदाएपछि पूर्वयुवराजधिराज पारस शाहलाई शुक्रवार साँझ प्रहरीले समातेको छ । काठमाडौँ महाराजगन्जको चक्रपथ चोकमा हेलमेटबिना हार्ले ड्याभिड्सनको मोटरसाइकलमा सवार शाह सद्दे अवस्थामासमेत देखिँदैनन् ।

भिडियोमा उनी सामान्य अवस्थामा देखिँदैनन् । प्रहरीले हात समातेर लैजान खोज्दा उनले जान्न जान्न जान्न भन्दै गरेको भिडियोमा देख्न सकिन्छ । सडकमा मान्छेहरू जम्मा भएपछि केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेलमेट नै निर्मल निवासतर्फ पठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस