देशभर थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्‍यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशभर थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्‍यु


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मुत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । शुक्रबार ३६११ जना थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस