कर्णालीमा जीप खस्दा डोटीको एक दम्पती बेपत्ता, छोरा-छोरी घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णालीमा जीप खस्दा डोटीको एक दम्पती बेपत्ता, छोरा-छोरी घाइते


१५ श्रावण २०७८, शुक्रबार



धनगढी । कर्णाली नदीमा जीप खस्दा डोटीका दुई जना बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । दुर्घटनामा परी जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरुमध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ ।

उनीहरुको लाल रत्न अस्पताल लम्की कैलालीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस