लुम्बिनी पदेशका तीन मन्त्री सांसद पदमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी पदेशका तीन मन्त्री सांसद पदमुक्त


१५ श्रावण २०७८, शुक्रबार


बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

उनीहरु पार्टी नीति विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए। सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्बहाली भएका थिए । तर अहिले यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि फेरि पार्टीको निर्देशन नमानेको भन्दै कारवाही गरेको प्रदेश सभामा पत्र पठाएको छ । सोही आधारमा आज लुम्बिनी प्रदेश सभाले कारवाही गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस