अफगान नागरिकलाई अमेरिकाले दियो अनुमति « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

अफगान नागरिकलाई अमेरिकाले दियो अनुमति


१५ श्रावण २०७८, शुक्रबार


काबुल। अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएसँगै त्यहाँ रहेका आफ्ना सहयोगीलाई पनि अमेरिका बोलाएको छ । अफगानिस्तानमा आफ्ना सेनालाई भाषामा सहजीकरण गर्ने करिब २५ सय दोभासे र उनीहरुका परिवारलाई अमेरिका बोलाइएको हो ।

आफ्ना सेना फिर्ता भएपछि ती नागरिकहरु तालिवानी लडाकुबाट असुरक्षित रहेन भन्दै अमेरिकाले उनीहरुलाई आफ्नो देशमा स्थान दिएको हो । उनीहरुलाई विशेष आप्रवासी भिसा उपलब्ध गराइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी सेनाको विशेष कार्यक्रम अन्तर्गत ती नागरिकलाई सुरक्षा दिइने छ । सन् २०१८ देखि अमेरिकाले सो कार्यक्रममार्फत करिब ७० हजार भन्दा बढी अफगान नागरिकलाई अमेरिका प्रवेशमा अनुमति दिइसकेको छ । यस वर्ष मात्र सो कार्यक्रमका लागि २० हजार भन्दा बढीले आवेदन दिएको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस