आजको मौसम : प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा हुने सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा हुने सम्भावना


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

मनसुनी वायुको प्रभावले शुक्रवार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस