कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई


१४ श्रावण २०७८, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानको जिम्मा पार्टीका पदाधिकारीलाई दिइएको छ । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् ।

बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद ५ दिनभित्र समाधान गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेता कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहमतिको विन्दु खोज्नका लागि छलफल गर्ने जिम्मेवारी दिइएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले विवादित क्षेत्रको समस्या समाधान नगरी साउन १२ गते सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर पदाधिकारी बैठकले विवादका विषयमा सहमति जुटाउन छानबिन समितिलाई थप एक दिन समय दिएको थियो ।

छानविन समितिले विवादित क्षेत्रको समस्या समाधान गर्न नसकेपछि यो जिम्मा पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई दिएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस