‘खामोशी विथ लाइफ’ को अन्तर्राष्ट्रिय विजेता बनिन् नेपालकी हेवन उपाध्याय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘खामोशी विथ लाइफ’ को अन्तर्राष्ट्रिय विजेता बनिन् नेपालकी हेवन उपाध्याय


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् ।

बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन गर्न आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्ला तलकोट गाउँपालिका–४ की हेवन उपाध्याय अन्तर्राष्ट्रिय विजेताको उपाधि हात पारेकी हुन् ।

भारतको जम्सेदपुरमा डेफ क्याफेद्धारा आयोजित खामोसी उईथ लाइफ (मौनता सहितको जीवन) कार्यक्रममा ४ देशका ७५ सहभागीलाई उछिन्दै नेपालकी उपाध्याय अन्तर्राष्ट्रिय विजेता बनेकी हुन् । प्रतियोगितामा भारत, बङ्गलादेश, नेपाल र नाइजेरियाबाट गरी ७७ प्रतियोगी सहभागी बनेका थिए ।

कोरोना महामारीका बेला बहिरा व्यक्तिहरूले समुदाय र पर्यावरणका लागि गरेको रचनात्मक योगदानका बारेमा प्रतियोगिता आयोजना गरिएको थियो । जसमा सहभागीहरूले आफूले गरेको कामको दुई मिनेटको भिडियो बनाएर पठाउनु पर्ने थियो । उपाध्यायले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई खानेकुरा र मास्क सहयोग गरेको भिडियो बनाएर पठाएकी थिइन् ।

जन्मजातै बोल्न र सुन्न नसक्ने हेवन नक्सालस्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । बुवा रमेश प्रकाश उपाध्याय र आमा शान्तिकी जेठी छोरी हेवन पढाइसँगै अन्य प्रतिभामामा अब्बल छिन् ।

हेवनले अन्तर्राष्ट्रिय विजेतासहित नगद रु १० हजार रुपैयाँ जितेकी छिन् । राष्ट्रिय विजेताको उपाधि बैंगलोरकी श्वेता गोस्वामीले हात पारेकी छिन् । उनले १० हजार रुपैयाँ पुरस्कार राशि जितेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस