सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा सर्वोच्चमा रिट दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा सर्वोच्चमा रिट दायर


१३ श्रावण २०७८, बुधबार


काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

माओवादी केन्द्रले बुझाएको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।

कारबाही भएको र सांसद पदबाट हटाएको झन्डै ४ महिनापछि सर्वोच्च अदालतमा गुहार माग्न पुगेका हुन् ।

उनीहरुले दिएको रिट निवेदनको भोली बिहिबार पेसी तोकिने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस