नर्भिकले हरेक शनिवार निःशुल्क ओपिडी सेवा दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नर्भिकले हरेक शनिवार निःशुल्क ओपिडी सेवा दिने


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रकाअनुसार आउने शनिवारदेखि नै यो अभियानको थालनी हुनेछ ।

प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरूको निःशुल्क जाँच गर्नेछन् ।
प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरूको विषयमा पूर्व जानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।

नर्भिक अस्पतालले आगामी शनिवारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा सञ्चालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरूले निःशुल्क ओपिडी सेवा लिन सक्नेछन् ।

नर्भिक अस्पतालका सिइओ मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरूलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरूलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस