राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूबाट २० अर्बको निक्षेप उठाउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूबाट २० अर्बको निक्षेप उठाउँदै


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूबाट रु २० अर्बको निक्षेप उठाउने भएको छ । बैङ्कमा पर्याप्त तरलता देखिएपछि बोलकबोलमार्फत २० अर्ब निक्षेप उठाउन लागेको हो ।

बिहीबार दिउँसो ३ बजे अनलाइन बिडिङमार्फत बोलकबोल हुने छ । यसरी सङ्कलन हुने निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तो बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क,ख, र ग वर्गका बैङ्क तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने राष्ट्र बैङ्कले जनाएको छ । निक्षेप दिन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ ।

यो निक्षेप राष्ट्र बैङ्क बाहेक अन्य बैङ्क तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ । बोलकबोल बहु ब्याजदरमा पनि गर्न सकिनेछ ।

निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नु पर्ने सर्त राष्ट्र बैङ्कले तोकेको छ ।

यसै गरी निक्षेप सङ्कलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैङ्कले बताएको छ ।

प्रतिक्रिया दिनुहोस