माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ ।

आज (मंगलबार) पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ दलहरुबीचको भागबन्डापछि गण्डकीमा माओवादीले प्रदेश प्रमुखको सिफारिस गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमालेकफसीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस