काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आसन्न १४ औँ महाधिवेशनमा केन्द्रित हुने नेताहरूले जानकारी दिएका छन् ।

बैठकमा रमेश लेखक नेतृत्वमा रहेको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने बताइएको छ । हाल देशभरका १२५ वडामा क्रियाशील सदस्यता विवाद छ । काँग्रेसले क्रियाशील सदस्यता विवाद समाधान गर्न नसक्दा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरू धर्ना र आमरण अनसनमा बसिरहेका छन् ।

साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ। अधिवेशनको मिति प्रभावित बनेको छ । तर केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस