काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।
सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो ।
आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता दिन सनाखतको काम गरिरहेको छ । सांसद् चौधरी उपेन्द्र यादव पक्षसँग खुलेका छन् । टीकापुर घट्नामा मुख्य दोषी ठहर गर्दै अदालतले सांसद चौधरीले जन्मकैदको फैसला सुनाएको छ ।
जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । बहुमत पुर्याउने पक्षलाई आयोगले आधिकारिकता दिँदै छ । जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतका लागि ५ बजेसम्मको समय आयोगले दिएको छ । अहिलेसम्म ५० जनाले सनाखत गरिसकेका छन् । रेशम चौधरीले सनाखत गरेपछि निर्वाचन आयोगले निर्णय सुनाउने तयारी गरेको छ ।