२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले संयमित भएर काम गर्नुपर्छ : डा महत

अ+ अ-

गुल्मी । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले ओली सरकारको ज्यादतीका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन् ।

उनले नेपाली काँग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राखे।

नेपाली काँग्रेस गुल्मीले आज बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बहिर्गमन हुनुपरेको बताए ।

सह महामन्त्री डा महतले भने ‘धैर्यता, संयमता र सुझबुझपूर्ण तरिकाबाट जसरी सत्ता सञ्चालनको जिम्मेवारीमा हामी पुगेका छौँ, त्यहीअनुरूप संयमित रुपमा शासन सत्ता सञ्चालन गर्नुपर्छ, कहीँ कतै पनि प्रश्न गर्ने ठाउँ दिनुहुँदैन’, नेता महतले भने ।

उनले मुलुक सञ्चालन गर्नका लागि इमान, सीप र समर्पण चाहिने भन्दै त्यो कुरा नेपालका कम्युनिष्टहरुमा नदेखिएको आरोप पनि लगाए। उनले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्ने पनि बताए।

नेपाली काँग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण जनताले यो सरकारप्रति ठुलो अपेक्षा गरेको भन्दै नेता महतले उक्त अपेक्षालाई पूरा गर्न पनि वर्तमान सरकारलाई कहीँ कतै त्रुटि नगरी सजग भएर पाइला चाल्नसमेत आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले यो अवस्थामा नेपाली काँग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै उत्तिकै रहेको भन्दै यो अग्नि परीक्षामा खरो उत्रिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले व्यक्तिभन्दा माथि उठेर मुलुक र पार्टीका लागि लाग्न नेतृत्व पङ्क्तिलाई सुझाव दिएका थिए ।

कार्यक्रममा पाटी नेता तथा कार्यकर्ताले पार्टीको आसन्न निर्वाचन, पेसागत समस्या, सरकार गठन प्रक्रिया र आउँदो निर्वाचनलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । नेता डा महत आजै नेपाली काँग्रेस गुल्मी क्षेत्र नं १ का पार्टी सभापति एवं गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाको निधन भएको १२औँ दिनको पुण्यतिथीमा आयोजित शोक सभामा पनि सहभागी भएका थिए ।