लुम्बिनी प्रदेशसभाकी सांसद पुर्मती ढेंगामगर बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेशसभाकी सांसद पुर्मती ढेंगामगर बेपत्ता


११ श्रावण २०७८, सोमबार


रुपन्देही । लुम्बिनी प्रदेशसभाकी सांसद पुर्मती ढेंगामगर बेपत्ता भएकी छन् । पाल्पाबाट निर्वाचित जसपाकी सांसद मगर सोमबारदेखि बेपत्ता भएको बताइएको छ ।

जसपाले नेतृ मगर हराएको भन्दै आइतबार इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको छ । सांसद हराएको सूचना पाएपछि प्रहरीले खोजी कार्य थालेको छ ।

प्रदेश सभामा जसपाका ६ सांसद छन् । जसमध्ये ३ जना विपक्षमा र तीन जना सरकारमा सहभागी छन् । जसपाले भने सत्तारुढ नेकपा एमाले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसद अपहरण गरेको आरोप लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस