२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो ।

महासङ्घको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैङ्क ब्याज शतप्रतिशत मिनाहा गर्न र व्यवसाय तथा उद्योगलाई टिकाइ राख्न सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउने वातावरण निर्माण गर्न मागसमेत गरेको छ ।

कोटेश्वर व्यापार सङ्घका पूर्व अध्यक्ष एवं महासङ्घका उपाध्यक्ष सरोज थापाले सरकार र निजी क्षेत्रको सहकार्यका लागि समन्वय समिति गठन गर्न आग्रह गरिएको बताए।

महासङ्घले उद्योगी व्यवसायीलाई सहज तरिकाले पुर्नकर्जा उपलब्ध गराउनुपर्ने, आगामी दुई वर्षका लागि कोभिड–१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ब्याजदरमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने, बैङ्क तथा वित्तीय संस्थाले गर्ने लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाइनुपर्ने बताएको छ ।

प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन पुगेको सो टोलीले सबै किसिमका आर्थिक क्रियाकलाप अनिवार्यरुपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस