काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार निर्णय भएको बताउँदै खोप लगाउन ५० वर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम दर्ता गराउन आग्रह गरे ।

उनका अनुसार दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्नेछन् । सर्वसाधारणले https://vaccine.mohp.gov.np  गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।

नेपालमा हालसम्म जोनसनको खोपबाहेक ४५ लाख ३ हजार २२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। जसमध्ये २२ लाख ८८ हजार ७९२ जनाले कोभिशिल्ड लगाएका छन्। कोभिशिल्डको दोस्रो खोप करिब १४ लाख जनाले लगाउन बाँकी छ। यस्तै‚ भेरोसिल २२ लाख १४ हजार ४३६ जनाले लगाएकोमा आठ लाख २८ हजार ४९८ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस