२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनिवार्य अवकाश लिएका सञ्चार सचिव बस्यालको बिदाई

अ+ अ-

काठमाडौँ । निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।

विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा सेवा गर्दै एक वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहेकाले उनले निजामती सेवा ऐनको प्रावधानअनुसार ५८ वर्ष पूरा गरी आजदेखि अनिवार्य अवकाश लिएका हुन् ।

सम्बन्धित समाचार : सञ्चार सचिव बस्यालको अनिवार्य अवकाश

सो अवसरमा सचिव बस्यालले निरन्तर अभ्यास, समयको सदुपयोग र इमान्दारिताले नै आफूलाई निजामती सेवामा दर्ता चलानीदेखि सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गराउन सफलता मिलेको बताए ।

उनले मन्त्रालयमा रहँदा सूचना प्रविधिलाई व्यवस्थित गरी सरकारी सेवालाई चुस्त बनाउन, विज्ञापनमा क्लिनफिड लागू गराउन, इन्टरनेट ब्रोड ब्याण्डको विस्तार, डिजिटल नेपालको कार्यान्वयन तथा नागरिक एप सञ्चालनलगायत विभिन्न काम गर्न सकेकामा खुशी व्यक्त गरे ।

निवृत्त सचिव बस्याले सबै स्थानीय तहका सेवा मोबाइल एपबाटै प्रवाह गरी सुखी र समृद्ध एवं आधुनिक नेपाल निर्माण गर्ने, पत्रकारको पहिचानलाई व्यवस्थित गराउनेलगायत कार्यलाई अन्तिम चरणमा पुर्‍याउन सफल भएको उल्लेख गरे।

समारोहमा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले निजामती सेवामा रहँदा सचिव बस्यालले आर्थिक, प्रशासनिक तथा कूटनीतिक क्षेत्रमा लामो समयसम्म कुशलतापूर्वक निर्वाह गरेको योगदान महत्वपूर्ण रहेको बताउँदै उनको कार्यकालमा थालनी गरिएका कार्यहरूलाई पूरा गरिने छ भने । कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालय प्रमुखहरूले सचिव बस्याललाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए ।