सञ्चार सचिव बस्यालको अनिवार्य अवकाश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सञ्चार सचिव बस्यालको अनिवार्य अवकाश


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधवारबाट अनिवार्य अवकाश लिएका छन् ।

बुधवार(आज)देखि अनिवार्य अवकाश पाए पनि सार्वजनिक बिदा परेका कारण उनलाई बिहीबार मन्त्रालयले औपचारिक रूपमा बिदाइ कार्यक्रम राखेको छ ।

एक वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका बस्याल २८ महिना अघि सचिवमा बढुवा भएका थिए।

गण्डकी प्रदेश सरकारको प्रमुख सचिवमा पहिलो पोस्टिङ भएका उनी २०७६ वैशाख ५ गतेदेखि २०७७ साउन ११ गतेसम्म १५ महिना बसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस