आगामी माघ सम्ममा मुद्रास्फीती १० प्रतिशत पुग्ने राष्ट्र बैङ्कको अनुमान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगामी माघ सम्ममा मुद्रास्फीती १० प्रतिशत पुग्ने राष्ट्र बैङ्कको अनुमान


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी माघ महिनामा मुद्रास्फीती १० प्रतिशत पुग्ने अनुमान गरेको छ । केन्द्रीय बैङ्कको सर्वेक्षणले ९४ प्रतिशत उत्तरदाताले आगामी माघसम्ममा १० प्रतिशत पुग्ने अनुमान गरेको हो ।

राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७८ र ०७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको जानकारी दिएको छ ।

यस क्रममा सर्वेक्षणमा आधारित विधि प्रयोग गरी पहिलो सर्वेक्षण २०७७ माघ महिनामा सम्पन्न गरी यससम्बन्धी प्रतिवेदन प्रकाशन गरिएको उल्लेख छ ।

सर्वेक्षणमा सातै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट उनीहरूको मुद्रास्फीतिसम्बन्धी अपेक्षा सङ्कलन गरिएको उल्लेख छ ।

सर्वेक्षणमा सहभागी उत्तरदाताको अनुमानका आधारमा गणना गर्दा चालु महिना ९ माघ, २०७७० को औसत मुद्रास्फीति आठ प्रतिशत, तीन महिनापछिको औसत मुद्रास्फीति ८ दशमलव ७ प्रतिशत तथा एक वर्षपछिको औसत मुद्रास्फीति १० प्रतिशत हुने अपेक्षा रहेको पाइएको सर्वेक्षणले देखाएको छ ।

आगामी तीन महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको सङ्ख्या ८६ दशमलव ९ प्रतिशत र आगामी एक वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको सङ्ख्या ९४ प्रतिशत रहेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस