काठमाडौँ । प्रहरीले चर्को ब्याज असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले दोलखा घर भई ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरेको हो । उनलाई ब्युरोको टोलीले गत शुक्रवार काठमाडौँ महानगरपालिका वडा नम्बर ७ चाबहिलबाट पक्राउ गरेको थियो।
उनीबाट विभिन्न व्यक्तिको नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेक प्रहरीले बरामद गरेको छ। उप्रेतीबाट भक्तपुरको थिमी नगरपालिका(२ बस्ने ४० वर्षीय प्रकाश कार्की र काठमाडौँ(३२ कोटेश्वर बस्ने ६० वर्षीय हेमरा गुभाजुले व्यक्तिगत कामको लागि रकम लिएका थिए। तर उप्रेतीले चर्को मिटर ब्याज लगाई कार्कीबाट पटक(पटक गरी चार करोड १६ लाख रुपैयाँ रकमको चेक र हेमराज गुभाजुबाट चार करोड १४ लाख रकमको चेक लिएका थिए।
साथै उनले रकम नदिएमा बाहिर हिँडडुल गर्न बन्देज गराई आपराधिक गिरोहसमेत प्रयोग गरी ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ ।







