एमाले स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले स्थायी कमिटी बैठक बस्दै


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बोलाइएको हो ।

स्थायी कमिटीको बैठक शुक्रवार पनि बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गरेको थियो भने कार्यदल पनि भङ्ग गरेको थियो ।
शुक्रवार नै संसदीय दलको बैठक पनि बसेको थियो ।

यद्यपि पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरूले दुवै बैठक रोक्न आग्रह गरेका थिए तर पार्टी अध्यक्ष ओलीले बैठक रोक्न मानेको थिएन ।

शनिवार पनि दुवै पक्षका नेताहरूले एमाले संसदीय दल सिंहदरवारमा पार्टी एकताका लागि गहन छलफल गरेका छन् ।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस