बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुन्छ: अर्थमन्त्री शर्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुन्छ: अर्थमन्त्री शर्मा


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने भएको छ । उक्त कुरा अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै बताएका हुन् ।

बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताएका छन् । संसद बैठक ३ साउनमा बोलाइएको छ ।

संसदले जसरी चाहान्छ, त्यहीअनुसार बजेट अगाडि बढ्ने शर्माले बताए । प्रतिस्थापन गर्ने वा नयाँ बजेटको प्रक्रियामा जाने भन्ने विषय समेत संसदले तय गर्ने उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस