प्रधानमन्त्री देउवा र माधव नेपालको सुरक्षा बढाइयाे, ओलीको घटाइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र माधव नेपालको सुरक्षा बढाइयाे, ओलीको घटाइयो


३० असार २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) भएका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएको टोलीको संख्या चाहिँ उनी पदमुक्त भएसँगै घटाइएको छ ।

देउवाले अतिविशिष्ट श्रेणीको सुरक्षा पाउनेछन्, जसको नेतृत्व नेपाली सेनाले गर्नेछ । देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिनेछन् ।

पूर्वप्रधानमन्त्री ओलीको सुरक्षाबाट चाहिँ पूर्वडीएसपी राजन लिम्बुसहितको टोली मंगलबारै फर्किएको छ । हाल प्रहरी निरीक्षक माधव केसीको नेतृत्वको टोली ओलीसँग रहेको छ । कानूनतः ओलीले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका कर्मचारीलाई सुरक्षार्थ राख्न पाउँछन् ।

तर ओलीको सचिवालयले थप १५ जना प्रहरीका सुरक्षाकर्मी माग गरेको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षार्थ खटिएको टोलीको संख्या पनि बढाइएको छ । नेपाल समूहको सहयोगमा देउवा प्रधानमन्त्री बनेसँगै नेपालमाथि सुरक्षा खतरा बढेको आँकलनसहित सुरक्षा बढाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस