पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर


३० असार २०७८, बुधबार


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व मन्त्री विजयकुमार गच्छदार विशेष अदालत काठमाडौँमा हाजिर भएका छन् । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।

सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधवार बिहान विशेष अदालतमा हाजिर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस