शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथको तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथको तयारी


२९ असार २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको तथा साँझ ६ बजे शपथको तयारी भइरहेको बताइएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

देउवा पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथो पटक प्रधानमन्त्री भएका थिए। यो सँगै देउवा पाँचौँपटक प्रधानमन्त्री भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस