सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः नेता भट्टराई « प्रशासन
Logo ८ आश्विन २०७८, शुक्रबार
   

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः नेता भट्टराई


२८ असार २०७८, सोमबार


फुङ्लिङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले फेसबुकमा लेखेका छन्, ‘बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस