कोभिड-१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोभिड-१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन


२६ असार २०७८, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को आज निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले कोभिड-१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिए ।

उनले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिए । ‘अब आउने सक्ने सङ्क्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुहोस् । अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्नुहोस्’, उनले भने, ‘अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्नुपर्दछ ।’

मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिए । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा.जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

सचिव अर्यालले कोभिड-१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको बताए । कार्यकारी निर्देशक डा। गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस