एमाले कार्यदल अझै सहमतिमा पुग्न सकेन, भोली पुन: बैठक बस्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमाले कार्यदल अझै सहमतिमा पुग्न सकेन, भोली पुन: बैठक बस्ने


२६ असार २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । शनिबार सिंहदरबारमा बसेको बैठक आइतबार पुनः बस्नेगरी स्थगित भएको हो

शनिबार बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । कार्यदलका सदस्य गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए । विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त गरे । उनले भने, ‘अहिले विश्वासको वातावरण बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’

लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस