चाँडै विज्ञापन गर्ने तयारीमा कर्णाली प्रदेश लोक सेवा आयोग « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चाँडै विज्ञापन गर्ने तयारीमा कर्णाली प्रदेश लोक सेवा आयोग


२६ असार २०७८, शनिबार


काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरिरहेको छ । गत फागुनमा गठन भएको लोक सेवा आयोगले यो वर्षभित्रमा दरखास्त सङ्कलन प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो ।

प्रदेशभित्र आवश्यक जनशक्तिको अभावमा कामकाज गर्न कठिनाइ भएको भन्दै छिट्टै दरखास्त प्रक्रिया अगाडी बढाउने प्रदेश लोक सेवा आयोग सुर्खेतले जानकारी दिएको छ ।

आयोगका अध्यक्ष राम प्रसाद उपाध्यायका अनुसार कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण विकासका काम प्रभावकारी भएका छन् । छिट्टै कर्मचारी विज्ञापन गर्न आयोगले कार्यविधि निर्माण गरिरहेको अध्यक्ष उपाध्यायले बताए ।

‘कर्णाली प्रदेशमा कर्मचारीको अभाव छ, जसले विकासका कामहरू प्रभावित छन् । आयोग दरखास्त सङ्कलन कार्य सुचारु गर्न नियमावली र कार्यविधि निर्माणमा अनवरत रूपमा लागिरहेको छ’ आयोगका अध्यक्ष उपाध्यायले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस