वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


२६ असार २०७८, शनिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीको मुद्दा मिलाउने भन्दै ४० हजार घुस माग गरेको आरोपमा सहायक न अधिकृत (आठौँ तह) कृष्ण प्रसाद पौडेलविरुद्ध आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

पौडेलले सेवाग्राहीको काठ सम्बन्धमा अनुसन्धान गर्न भनी वन कार्यालयमा लगेपश्चात् सेवाग्राहीले फर्निचर सम्बन्धी सम्पूर्ण कागजातहरू पेस गर्छु भन्दा पनि घुस बाफत ४्र० हजार मागी दिन बाध्य तुल्याएको आयोगको दाबी छ ।

वन अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा(३) को उपदफा(१) को सुर गरेको देखिएकोले उनलाई सोही रकम बराबरको बिगोसहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (३) को उपदफा(१) र दफा (३) को उपदफा (१) को खण्ड (ख्) बमोजिम सजाय हुन माग दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस