पास बनाउन घुस लिएको अभियोग लागेका नासुले पाए सफाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पास बनाउन घुस लिएको अभियोग लागेका नासुले पाए सफाइ


२३ असार २०७८, बुधबार


काठमाडौँ । लकडाउनमा सवारी पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा(नासु) लक्ष्मण रायमाझीले सफाइ पाएका छन् ।

विशेष अदालतले रायमाझी र लेखापढी व्यवसायी खेमराज सापकोटालाई बुधवार(आज) सफाइ दिएको हो ।

विशेष अदालतका न्यायाधीहरु बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय र शान्तिसिंह थापाको इजलासले सफाइको फैसला गरेको हो ।

गत वर्ष असारमा लकडाउनमा काठमाडौँ बाहिर जाने सवारी पास बनाउन सेवाग्राहीसँग तीन हजार घुस लेनदेन भएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । घुससहित पक्राउ परेका सापकोटाको बयानका आधारमा नासु रायमाझीको समेत त्यसमा मिलेमतो रहेको खुलेपछि दुवैजनाविरुद्ध असार ३० गते मुद्दा दायर भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस