प्राविधिकतर्फ तीन सहसचिव र १९ उपसचिवको विज्ञापन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्राविधिकतर्फ तीन सहसचिव र १९ उपसचिवको विज्ञापन


२३ असार २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले नेपाल इन्जिनियरिङ, नेपाल कृषि र नेपाल वन सेवाका लागि राजपत्राङ्कित प्रथम(सहसचिव) र राजपत्राङ्कित द्वितीय(उपसचिव) पदमा विज्ञापन गरेको छ।

आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै ज्येष्ठता र कार्यसम्पादन, कार्यक्षमता र मूल्याङ्कन, दलित र आन्तरिक प्रतिस्पर्धाका लागि दरखास्त आव्हान गरेको हो ।

२०७७ असोज २८ गते प्रकाशित विज्ञापनको अवधि भित्र योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन पाउनेछन् । गत असोज २८ गतेको सूचना सर्वोच्च अदालतको परमादेशबाट रद्द भएसँगै यसअघि आन्तरिक प्रतिस्पर्धा तथा बढुवा सूचनाहरूमा दरखास्त दिएकाहरुलेसमेत पुनः दरखास्त पेस गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस