विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध ३ लाख ९३ हजारको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध ३ लाख ९३ हजारको भ्रष्टाचार मुद्दा


२३ असार २०७८, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तत्कालीन दुई जना अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नेपाल सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलाई आफूखुशी खर्च गरेको अभियोगमा विद्यालयका प्रधानाध्यापक दिनेशकुमार विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरु शकिल मियाँ र नरेन्द्र कुर्मीविरुद्ध कुल ३ लाख ९३ हजार ७५० रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस