२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनतर्फको उत्कृष्ट पुरस्कार रानी सामुदायिक वन उपभोक्ता समूहलाई

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव २०७७/७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरि क्रियाशील सामुदायिक वन समूहमध्ये रानी सामुदायिक वन उपभोक्ता समूहलाई यस वर्षको उत्कृष्ट समूहका रूपमा पुरस्कार प्रदान गरिएको हो ।

समूहले सामुदायिक वनको मार्गदर्शनबमोजिम वन व्यवस्थापन र समूह परिचालन, निर्णय प्रक्रिया, सुशासन, सामाजिक विकास तथा पारदर्शितामा नतिजामूलक कार्य गरेकाले पुरस्कार प्रदान गरिएको कार्यालयको दाबी छ । यसअघि सो समूहले विसं २०५७ को सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार, २०५४ मा वन संरक्षण युवा पुरस्कार, २०६० मा वनदेवी पुरस्कार र दुईपटक जिल्लास्तरीय प्रथम पुरस्कार प्राप्त गरिसकेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रानी सामुदायिक वनमा अवलोकन गर्न धेरै देशबाट मानिस आउने गरेका छन् । सालक संरक्षणमा अब्बल मानिएको यो समूहले सालक ‘केज’समेत बनाएको छ । ब्लक नं ६ लाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गराउन शान्तिटोल विकास संस्थासँग मिलेर काम गरिरहेको समूहले जनाएको छ ।

यसैगरी डिभिजन वन कार्यालय मकवानपुरले यस वर्षको कबुलियती वनतर्फको पुरस्कार वाग्मती गाउँपालिका–७ मा रहेको सुनगाभा कबुलियती वन समूहलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।

हेटौँडा अस्पतालमा सेवा सञ्चालन

कोरोना सङ्क्रमितको उपचारका लागि कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अब नियमित अन्य सेवा सञ्चालन हुने भएको छ ।

कोभिड अस्पतालका कारण आंशिकरूपमा बन्द रहेका सम्पूर्ण सेवा यही असार २४ गते बिहीबारबाट सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो । अस्पतालले तत्काल जनरल आइसीयू सेवाबाहेकका अन्य सेवा सञ्चालन गर्न लागेको छ । अझै पनि कोरोना सङ्क्रमितको उपचारका लागि आइसीयु सेवा प्रयोगमा आइरहेकाले अन्यका हकमा आइसीयु सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ ।