श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रीमती हत्या गरेका अभियोगमा एक पक्राउ


१९ असार २०७८, शनिबार


विराटनगर । प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ ।

हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान घर नजिकैको खाली ग्वालीमा बसिरहेका अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस