कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय


१९ असार २०७८, शनिबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो कातिक महिनामा पार्टीको महाधिवेशन गर्ने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

यसअनुसार वडा र गाउँ र नगर र प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।

प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिने छ । बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस