लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउनदेखि कमलपोखरीको नयाँ भवनमा सर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउनदेखि कमलपोखरीको नयाँ भवनमा सर्ने


१५ असार २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउनदेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ ।

स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा लोक सेवा आयोगको नयाँ भवन निर्माण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस