२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्छ: प्रदेश प्रमुख पौडेल

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सबल बनाउन र परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रिय धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिंदै उनले कृषिप्रधान मुलुक नेपालमा ‘मानो रोपेर मुरी उब्जाउने’ आजको दिनको विशेष महत्व रहेको उल्लेख गरेकी छन् ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपाल सरकारले २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ देखि राष्ट्रि«य धान दिवस मनाउन थालेको र संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिनुको साथै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी भइसकेको उल्लेख गरेकी छन् ।

नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेकाले यसलाई सार्थक तुल्याउन तीनवटै तहका सरकारको समन्वयात्मक र एकीकृत प्रयासको आवश्यकता रहने सन्देशमा उल्लेख छ ।

कृषिमा आधारित यस दिनलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन आधुनिकीकरण र व्यावसायिक कृषि प्रणालीमा जोड दिन पनि उत्तिकै आवश्यक रहेको औँल्याइएको छ । सन्देशमा यतिबेला कोरोना महामारीले देशभित्र तथा विदेशमा रोजगारी गुमाएका जनशक्तिलाई कृषि कर्मले एउटा अवसर प्रदान गर्न सक्ने भएकाले आवश्यक बीउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस