राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता बनेर काम गर्नुभयो : देउवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता बनेर काम गर्नुभयो : देउवा


१२ असार २०७८, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेर काम गरेको टिप्पणी गरेका छन्।

संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

सभापति देउवाले आफुहरुले १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेकोमा शंका लागे राष्ट्रपतिले सनाखत गर्न सक्ने बताउँदै राष्ट्रपतिले तेसो नगरी रातारात संसद विघटन गरेकोमा दुख प्रकट गरे ।

‘राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो। उहाँले त ओलीको कार्यकर्ता जस्तो बनेर काम गर्नुभयो।’ देउवाले भने,

राष्ट्रपतिले संविधानअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको उनले बताए। देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस