उपत्यकामा थपिए २५३ कोरोना संक्रमित « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

उपत्यकामा थपिए २५३ कोरोना संक्रमित


१२ असार २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा १८५, भक्तपुरमा २५ र ललितपुरमा ४३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल काठमाडौँ उपत्यकामा ८ हजार ४४४ सक्रिय संक्रमित छन् । काठमाडौँमा ४२०४, भक्तपुरमा १८३३ र ललितपुरमा २४०७ जना सक्रिय संक्रमित छन् ।

शनिबार देशभर २ हजार १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ९१४ निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४७०४ पीसीआर र ४८०६ जनाको एन्टीजेन गरि जम्मा ९ हजार ८१० परीक्षण भएको छ । जसमा पीसीआरमा ११७४ र एन्टीजेनमा ८४२ जनालाई पोजेटिभ देखिएको छ ।

हालसम्म नेपालमा ६ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ८१ हजार ३२७ जना निको भएका छन् भने ८९७५ जनाको मृत्यु भएको छ । हाल देशभर ४२ हजार २४ जना सक्रिय संक्रमित छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस